स्वीमिङ पुलमा युवा मृत फेला
मेरोन्यूज
२०८२ भदौ १४ गते ८:५७

बनियानी ।झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत फेला परेका छन् । बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ः०० बजे पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ः०० बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया