मदन पुरस्कार विजेता पूर्व प्रधानमन्त्री चन्दको नयाँ उपन्यास विमोचनको तयारी
मेरोन्यूज
२०८२ भदौ १४ गते १०:१०

काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति प्रकाशन हुने भएको छ ।
मदन पुरस्कार विजेतासमेत रहेका चन्दको नयाँ उपन्यास ‘बदलिँदो समयचक्र’ यही भदौ २० गते विमोचन गर्ने तयारी रहेको सम्वर्द्धन पब्लिकेसन्सले जनाएको छ ।
सामाजिक कथावस्तुमा आधारित १४४ पृष्ठको उपन्यासलाई २५ उपशीर्षकमा बाँडिएको छ ।
चन्दका कथा, नाटक र उपन्यास गरी दर्जनौँ कृती प्रकाशित छन् । उनको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।उनका अपराजिता, बाह्रौँ खेलाडी, रात्री भोज, हिउँको तन्ना, नेताको साथी जस्ता चर्चित पुस्तक प्रकाशित छन् ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया