मदन पुरस्कार विजेता पूर्व प्रधानमन्त्री चन्दको नयाँ उपन्यास विमोचनको तयारी
मेरोन्यूज
२०८२ भदौ १४ गते १०:१०

काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति प्रकाशन हुने भएको छ ।
मदन पुरस्कार विजेतासमेत रहेका चन्दको नयाँ उपन्यास ‘बदलिँदो समयचक्र’ यही भदौ २० गते विमोचन गर्ने तयारी रहेको सम्वर्द्धन पब्लिकेसन्सले जनाएको छ ।
सामाजिक कथावस्तुमा आधारित १४४ पृष्ठको उपन्यासलाई २५ उपशीर्षकमा बाँडिएको छ ।
चन्दका कथा, नाटक र उपन्यास गरी दर्जनौँ कृती प्रकाशित छन् । उनको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।उनका अपराजिता, बाह्रौँ खेलाडी, रात्री भोज, हिउँको तन्ना, नेताको साथी जस्ता चर्चित पुस्तक प्रकाशित छन् ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया