बागलुङमा राजमार्ग केन्द्रित कृषि तथा पशुपालन कार्यक्रम

गलकोट। बजारीकरणमा सघाउने उद्देश्यले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई केन्द्रित गरी पशु तथा कृषि विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् ।
पशुपालनका साथै कृषि उत्पादकत्व बढाउन तथा बजारीकरणमा किसानलाई सघाउने ती कार्यक्रमका निम्ति ४० लाख विनियोजन भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए।
चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका लागि २० लाख विनियोजन गरेको छ भने कृषि ज्ञान केन्द्रले पनि मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका निम्ति २० लाख विनियोजन गरेको छ ।
कृषिउपज, माछामासु, अण्डा र दूधको बजारीकरणमा सघाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया