पिएसजीकाे लगतार तेस्राे जीत, साे जितमा जोआओ नेभेसको ह्याट्रिक

काठमाडौं। पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार टोलोजविरुद्ध ६-३ को सहज जित दर्ता गरेको छ ।
लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको पिएसजी शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको टोलोज समान खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।
पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन नेभेसले ह्याट्रिक गर्दा ओस्माने डेम्बेलेले दुई तथा ब्राडली बार्कोलाले एक गोल थपे । टोलोसका लागि चार्ली क्रेसवेल, यान गबोहो, एलेक्सिस वोसाहले गोल फर्काए ।
खेलकोसातौं मिनेटमा नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । दुई मिनेटपछि नै बार्कोलाले टोलीको अग्रता दोब्बर बनाए ।
नेभेसले १४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ३१औं मिनेटमा डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दा पिएसजी ४-० ले अगाडि बढ्यो ।
क्रेसवेलले ३७औं मिनेटमा टोलोजका लागि पहिलो गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन कासेरेस जुनियर पेनाल्टीमा चुक्दा टोलोजले गोल अन्तर कम गर्ने अवसर गुमाए ।
डेम्बेलेले ५१औं मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ७८औं मिनेटमा नेभेसले ह्याट्रिक पूरा गरे ।
गबोहोले ८९औं मिनेटमा टोलोजका लागि दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा बोसाहले गोल टोलोजका लागि तेस्रो गोल फर्काए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया