बागमती प्रदेशसभाको बैठक बस्दै
मेरोन्यूज
२०८२ भदौ १५ गते ९:५७

बागमती। बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ । बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।
विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको उनले बताए।
यस्तै, आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्नुहुने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्नुहुने सम्भावित कार्यसूची रहेको सचिव पौडेलले बताउनुभयो । यसैबीच, प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आज बिहान ११ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया