इन्डो–नेपाल कराते शुक्रबार

काठमाडौं। समृद्धि स्कुलको आयोजनामा इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसीएस निर्देशक विकास शाहीले जानकारी दिाए । १ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुने छन् । भारतबाट २० खेलाडी आउने छन् ।
टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिने छ । कुमुतेमा उत्कृष्ट पुरुष÷महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि पुरस्कृत हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु बनस्थलीस्थित आयोजक स्कुलकै हातामा खेलाइने छ ।
पत्रकार सम्मेलनमा समृद्धिका एडमिनिस्ट्रेटिभ डाइरेक्टर दिपेन्द्र उप्रेती र अपरेसन डाइरेक्टर दिनेश महर्जनको पनि उपस्थिति रहेको थियो ।












सांसदको उम्मेदवार नबन्ने कांग्रेस नेता दिलेन्द्र बडूको घोषणा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया