आईजीपी थापाले पाए अवकाश
मेरोन्यूज
२०८२ भदौ १८ गते १७:५२

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अवकाश पाएका छन् ।
प्रहरीको ३० वर्षे सेवा अवधिका कारण थापाले आजदेखि अवकाश पाएका हुन् । उनीसँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आईजीपी र दुई जना एआईजीलाई नवनियुक्त आईजीपी चन्द्र कुवेर खापुङले बिदाइ गरे ।
त्यसअघि गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले पनि आईजीपी थापालाई बिदाइ गरेका थिए । थापा २०८१ चैत ४ मा ३१ औँ प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । सेवा निवृत भएका तिनै जना २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । थापाले आईजीपीको रूपमा करिब ६ महिना प्रहरी सङ्गठनको कमान्ड गरे ।
नवनियुक्त आईजीपी खापुङले बिहीबारदेखि प्रहरीको ३२औँ आईजीपीका रूपमा कमान्ड सम्हाल्नेछन् ।
सम्बन्धित
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया