शनिबार, फागुन १६, २०८२

वर्ल्ड लिंकमा अब फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने

मेरोन्यूज २०८२ भदौ २० गते ११:०७

काठमाडौं । सरकारले बन्द गरेको सामाजिका सञ्जाल अब वर्ल्ड लिंकमा समेत बन्द भएका छन् । वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेडले सूचना जारी गर्दै नचल्ने बताएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन्।

नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्म हालका लागि बन्द गरिएको जनाएको छ।प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ।

एनसेलले सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिसकेको छ ।

प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो। त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन्।

प्रतिक्रिया