मंगलबार, फागुन १९, २०८२

प्राइम एसोसिएट्स बन्यो विर्ट्गन ग्रुपका निर्माण उपकरणको नेपालका लागि आधिकारिक विक्रेता

मेरोन्यूज २०८२ भदौ २० गते १८:०५

काठमाडौं । विर्ट्गन ग्रुपका निर्माण उपकरणहरूका लागि नेपालमा आधिकारिक विक्रेताको रूपमा प्राइम एसोसिएट्स प्रालिले नियुक्त भएको छ। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विर्ट्गन (Wirtgen) ग्रुपका प्रबन्ध निर्देशक तथा सीईओ रमेश पलागिरी र प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दिपक आचार्यले संयुक्त रूपमा उक्त जानकारी सार्वजनिक गरेका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

प्राइम एसोसिएट्स विगत १८ वर्षदेखि नेपाली बजारमा अटोमोबाइल तथा निर्माण उपकरण सम्बन्धी व्यवसायमा क्रियाशील रहँदै आएको छ। कम्पनीले सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर, बूमर, स्टोन क्रसर, सेल्फ-मिक्सिंग मिक्स्चर लगायतका उपकरणहरूको आपूर्ति तथा सेवा प्रदान गर्दै आएको छ।

यस नयाँ सहकार्यअन्तर्गत, प्राइम एसोसिएट्सले विटगन ग्रुपअन्तर्गतका विटगन, भीग्ले, हयाम र स्लिम्यान विर्ट्गन, भोगेल र हाम ब्रान्डका उपकरणहरू नेपाली बजारमा उपलब्ध गराउनेछ। यी उपकरणहरू सडक निर्माण, पुनःनिर्माण, खानी तथा पूर्वाधार निर्माणका विविध परियोजनाहरूमा प्रयोग गर्न उपयुक्त छन्।

विर्ट्गन ग्रुप विश्वप्रसिद्ध जोन् डाएर ग्रुपअन्तर्गत पर्ने एक अग्रणी बहुराष्ट्रिय कम्पनी हो । कम्पनीले विश्वभर नवीनतम प्रविधिमा आधारित मेसिनरी निर्माण गरी वितरण गर्दै आएको छ।

नेपालका लागि उपलब्ध हुने प्रमुख उपकरणहरूमा हाम ब्रान्डका डबल ड्रम रोलर र स्वायल कम्प्याक्टर, भोगेलका पेभर मेसिन, विर्ट्गनका मिलिङ मेसिन र सर्फेस माइनर, तथा क्लेम्यानका स्टोन क्रसिङ र खानीसम्बन्धी उपकरणहरू रहेका छन्।

कार्यक्रममा विशेष रूपमा हाम ब्रान्डको मिनी रोलर प्रदर्शनी गरिएको थियो । जसमा उच्च इन्धन दक्षता, इको-फ्रेन्ड्ली इन्जिन, बी पोइन्ट बी-प्वाइण्ट आर्टिकुलेसन, इर्गोनोमिक ड्राइभर प्लेटफर्म तथा इन्टेलिजेन्ट वाटर स्प्रे प्रणालीजस्ता विशेषताहरू रहेका छन्।

प्राइम एसोसिएट्सले देशभर सशक्त सर्भिस नेटवर्क मार्फत दक्ष प्राविधिकद्वारा उपकरणहरूको मर्मत, सर्भिस तथा आवश्यक स्पेयर पार्ट्सको सुनिश्चित आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया