जनकपुरका सम्पूर्ण विद्यालय तथा कलेजहरू अनिश्चितकालका लागि बन्द

महेन्द्रनगर(धनुषा), २५भदौः जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन् । निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्मका लागि पठनपाठन बन्द गरेको जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । हालको असुरक्षित अवस्थालाई मध्यनजर गर्दै विद्यालय तथा क्याम्पसमा अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ ।” नेशनल प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र प्याब्सनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा सडकमा उत्पन्न असुरक्षित वातावरणका कारण विद्यार्थी र अभिभावक त्रासमा रहेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख छ । यस्तै, शान्ति, स्थायित्व र वार्तामार्फत समस्या समाधान गर्न सबै पक्षसँग अपिल गर्दै अवस्था सामान्य भएमा चाँडै पठनपाठन सुरु गरिने जनाइएको छ । —














आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
प्रतिक्रिया