जनकपुरका सम्पूर्ण विद्यालय तथा कलेजहरू अनिश्चितकालका लागि बन्द

महेन्द्रनगर(धनुषा), २५भदौः जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन् । निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्मका लागि पठनपाठन बन्द गरेको जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा सहादत प्राप्त गरेका विद्यार्थीप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । हालको असुरक्षित अवस्थालाई मध्यनजर गर्दै विद्यालय तथा क्याम्पसमा अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन स्थगित गरिएको जानकारी गराउन चाहन्छौँ ।” नेशनल प्याब्सनका अध्यक्ष दीपककुमार ठाकुर र प्याब्सनका अध्यक्ष रवीन्द्रकुमार चौधरीले संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा सडकमा उत्पन्न असुरक्षित वातावरणका कारण विद्यार्थी र अभिभावक त्रासमा रहेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख छ । यस्तै, शान्ति, स्थायित्व र वार्तामार्फत समस्या समाधान गर्न सबै पक्षसँग अपिल गर्दै अवस्था सामान्य भएमा चाँडै पठनपाठन सुरु गरिने जनाइएको छ । —
















दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया