व्यवसाय गर्न आवश्यक सुरक्षाको व्यवस्था गर्न महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका निम्ति आग्रह गरेको छ ।
नवर्निर्माण एवं पुनर्निर्माणका निम्ति आउँदो दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र भएको भन्दै यसलाई सहज रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
महासंघले देशभरको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
युवापुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा गरेको महासंघले जनाएको छ ।
देशको समुन्नतिका निम्ति अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न तयार रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“पछिल्लो घटनाक्रममा कतिपय उद्यमी, व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।













कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया