तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ
मेरोन्यूज
२०८२ भदौ २८ गते १८:१०

दाङको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको छ ।
कारागार प्रमुख गिरबहादुर सेजुवालले ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका २५३ कैदीमध्ये ७१ जनालाई पुनः पक्राउ गरिएको जानकारी दिए । तीमध्ये केही आफैँ सम्पर्कमा आएका र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको उनले बताए ।
कारागारमा रहेका ४६९ कैदीमध्ये २५३ जना पुरुष कैदी तोडफोड गरेर भागेका थिए । कारागारमा महिला कैदी मात्र बाँकी रहेका थिए ।
यसैबीच, दाङको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहानदेखि यहाँ यातायातका साधन सञ्चालन हुनाका साथै बजारमा मानिसको चहलपहल बढेको छ । स्थानीय प्रशासनले भने जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया