क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली

काठमाडौं । जेन– जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
सोही अवसरमा स्व. सुलभसहित जेन– जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सम्पूर्णको सम्झनामा मौन धारण गरिएको थियो । आन्दोलनका क्रममा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया