नेपाल बङ्गलादेशसँग पराजित
मेरोन्यूज
२०८२ असोज २ गते २१:५३

कोलम्बो । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको अन्तिम खेलमा पनि पराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले स्तब्ध भएको हो ।
कोलोम्बो रेसकोर्समा भएको खेलमा हारसँगै नेपाललाई सेमिफाइनल यात्रा अर्को खेलको नतिजामा निर्भर बनेको छ।
नेपालले यसअघि श्रीलंकालाई २–० ले हराउँदै तीन अंक जोडेको थियो। तर समूह ‘ए’ मा बंगलादेशसँग अंक बराबरी भए पनि नेपालले दुई खेल सकाइसकेको छ भने बंगलादेशले अझै श्रीलंकासँग खेल्न बाँकी छ।
बंगलादेशका लागि खेलको ३०औं मिनेटमा मो. सबिर इस्लामले पहिलो गोल गरे। दोस्रो हाफमा बंगलादेशले थप तीन गोल थप्यो । उसका लागि ४९औं मिनेटमा अपु रहेमान, ५०औं मिनेटमा मो आरिफ र ६६औं मिनेटमा मो मानिकले गोल गरे ।
अब नेपालको सेमिफाइनल यात्रा बंगलादेश–श्रीलंका खेलको नतिजा पर्खनु पर्नेछ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया