भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर। भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर दसैँ सस्तो व्यापार मेला सुरु भएको छ । हिन्दूहरूको महान् पर्व दसैँको अवसरमा एकैथलोबाट सस्तो, सुलभ र गुणस्तरीय सामान आमउपभोक्तामा पुर्याउने उद्देश्यले औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले मेलाको आयोजना गरेको हो ।
मेलाका संयोजक सङ्गम लामाले व्यापार मेलामा ५० भन्दा बढी स्टलहरू राखिएका जानकारी दिँदै दैनिक जीवनमा प्रयोगमा आउने सामग्री, लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री, फूललगायत विभिन्न सामान विशेष छुटका साथ स्टलमा राखिएका बताए ।
मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्ब, मिकी माउस, टेम्पालिङ, स्करपियोका साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका हास्यव्यङ्ग्य, गीत र नृत्यको प्रस्तुति रहने उनले जानकारी दिए। उनका अनुसार व्यापार मेला यही असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।









सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया