नेपाली क्रिकेट टोली आज युएई जाँदै
मेरोन्यूज
२०८२ असोज ६ गते १२:३१

काठमाडौँ । वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी–ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएको छ । प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
जेनजी प्रदर्शनका कारण युएईले नेपालीलाई पर्यटक भिसा र श्रम भिसामा रोक लगाएको थियो । रोक लगाएपछि नेपाली क्रिकेट टोली युएई जान सकेको थिएन । नेपाल क्रिकेट सङघ (क्यान)को आग्रहपछि मात्र युएईले नेपाली टोलीलाई आइतबार प्रवेशाज्ञा दिएको थियो ।
क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली टोली मङ्गलबारसम्म युएई पुगिसक्ने जानकारी दिए । नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यही असोस ११, १३ र १४ गते युएईस्थित शारजाह क्रिकेट रङ्गशालामा खेल खेल्ने तय भएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया