एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडाैं । दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ । विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा खेलाडी सम्मानित भएका हुन् ।
सम्मानित खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटी मगर रहेका छन् ।
सोही अवसरमा प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदिप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।












One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया