एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

काठमाडाैं । दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ । विजयीदशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा खेलाडी सम्मानित भएका हुन् ।
सम्मानित खेलाडीमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटी मगर रहेका छन् ।
सोही अवसरमा प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदिप आचार्य, सल्लाहकार विष्णु बाँस्तोलालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया