बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनल प्रवेश गरेको हो ।
बुधबार राति यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको आमन्त्रण पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका लागि ओपनर अभिषेक शर्माले सानदार अर्धशतक बनाएका थिए । मात्र ३७ बल खेलेका उनले पाँच छक्का र ६ चौकाको मद्दतमा ७५ रन जोडेका हुन् ।
उसका लागि हार्दिक पाण्डेयले ३८ रन जोड्दा शुभमन गिलले २१ रनको योगदान दिए ।अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् ।बंगलादेशका रिशाद हुसैनले दुई विकेट हात पार्दा ताजिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सैफुदिनले एकएक विकेट हात पारे ।
सुरुमा ब्याटिङ गरेको भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमा समेटिएको हो ।बंगलादेशका साहिद हसनले अर्धशतक बनाए । ५१ बलको सामना गरेका उनले पाँच छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६९ रन बनाए ।
उसका लागि प्राभेज हुसेनले २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न भारतका सुलदीप यादवले सर्वाधिक तीन विकेट हात पारे भने जसप्रित बुमराह र वरुण चक्रवतीले दुईदुई विकेट लिए । अक्षर पटेल र तिलक बर्माको नाममा एकएक विकेट रहयो ।
एसिया कपको फाइनलमा भारतले बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको फाइल सेप्टेम्बर २८ तारिखमा हुँदैछ ।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया