बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते

बैतडी। जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चांैडीहाट जाँदै गरेको सु प प्र ०२ ००१ ज ६२० नंको भ्यान आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
घाइते हुनेमा सबै बैतडीको पुर्चाैंडी नगरपालिकाभित्रका रहेका छन् । प्रहरी निरीक्षक बडूका अनुसार पुर्चांैडी–५ का १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, पाँच वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त, पुर्चाैंडी–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, पाँच वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी, १७ वर्षीय विक्रम साउद र २२ वर्षीया सावित्री धामी रहेका छन् ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । १८ यात्रु सवार भ्यानका अन्य आठजनाबाहेक अन्यलाई बढी चोट लागेको छ । दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया