युनिटी कपको पहिलो टी–२० : नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ। वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।
नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो । उसका लागि नवीन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रनको योगफल बनाए । उनले ३५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएका हुन् । त्यस्तै कुशल मल्लले २१ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नवीन विदायसीले तीन तथा कप्तान अकिल होसेनले एक विकेट लिए । नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध खेलेको हो । अर्को सातादेखि ओमानमा हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारीस्वरुप नेपालले वेष्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तरराष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपाल र वेष्ट इण्डिजसँग दोस्रो खेल यही असोज १३ गते हुनेछ ।










बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया