शनिबार, वैशाख ५, २०८३

प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट

मेरोन्यूज २०८२ असोज १६ गते २०:२४

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रधानमन्त्रीले नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेटन गएका थिए।

मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “प्रधानमन्त्रीले पनि विजया दशमीमा टीका लगाइनन्, मैले पनि टीका लगाइन, जेनजी आन्दोलनका मृतक तथा सहिद परिवारसँग भेटघाट र कुराकानी गरियो, सहिद परिवारको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना रहेको थियो ।”

प्रतिक्रिया