इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको संख्या ६७ पुग्यो

इन्डोनेसियामा गत हप्ताको विद्यालय दुर्घटनाका पीडितहरूको खोजी मङ्गलबार समाप्त भएको र मृतकको सङ्ख्या ६७ पुगेको एक अधिकारीले पुष्टि गरेका छन् । इन्डोनेसियाको जाभा टापुमा रहेको बहुतले इस्लामिक बोर्डिङ स्कूलको एक भाग २९ सेप्टेम्बरमा दिउँसो प्रार्थनाका लागि १७० भन्दा बढी विद्यार्थीहरू भेला हुँदा ढलेको थियो ।
“नवौँ दिनमा प्रवेश गर्दै हामीले पीडितहरूका लागि खोजी र उद्धार अभियान सम्पन्न गरेका छौँ”, राष्ट्रिय खोजी र उद्धार एजेन्सी (बसरनास) का प्रमुख मोहम्मद सियाफीले पत्रकार सम्मेलनमा भने । एजेन्सीका अपरेसन निर्देशक युधि ब्रामान्ट्योले भन्नुभयो, “उद्धार गरिएका पीडितहरूको कुल सङ्ख्या १७१ छ । यसमा ६७ जनाको मृत्यु भएको छ, आठ शरीरका अङ्गहरू सहित र १०४ जना बाँचेका छन् । उद्धारकर्ताहरूले दुर्घटनास्थलमा रहेका सबै भग्नावशेष सफा गरेका छन् र थप शव फेला पर्ने सम्भावना कम छ ।”
राष्ट्रिय विपद् एजेन्सी (बिएनपिबी) का उप प्रमुख बुदी इरावानले भने, “त्यहाँ अझै शवहरू रहेको सम्भावना धेरै कम छ ।” अहिलेसम्म १७ शव मात्र पहिचान भएका छन् । यो वर्ष इन्डोनेसियामा भएको सबैभन्दा घातक प्रकोप भएको बिएनपिबीले जनाएको छ । अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणको जाँच गरिरहेका छन् ।
प्रारम्भिक सङ्केतहरूले भवन निर्माण मापदण्डको उल्लङ्घन र संरचनागत कमजोरीलाई सम्भावित कारणको रूपमा देखाएका छन् । घटनापछि ७२ घण्टाको ‘सुनौलो अवधि’ पछि बेपत्ता भएका परिवारका सदस्यहरूले भारी उपकरण प्रयोग गर्न सहमति जनाएका थिए । सेप्टेम्बरमा पश्चिम जाभामा प्रार्थनाको समयमा अर्को भवन ढलेपछि कम्तीमा तीनको मृत्यु र दर्जनौँ घाइते भएका थिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया