समुन्द्र उचाइबाट दुई हजार एक सय ३४ मिटर उचाइमा पर्ने छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण…

दमौली (तनहुँ)। तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको सौन्दर्यकरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा रहेको छिम्केश्वरी माईलाई धार्मिक पर्यटकीय स्थल बनाउन पालिकाले यसको सौन्दर्यकरण गरिएको हो । छिम्केश्वरी समुन्द्र उचाइबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ ।
मन्दिरको पुनर्निर्माण अभियानअन्तर्गत दर्शनका लागि भक्तजन तथा पर्यटकको विश्रामका लागि नेपाली कला संस्कृति झल्किने पौवा पाटी (फाल्चा) निर्माण गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। त्यस्तै मन्दिरभित्र पित्तलको चदँुवा तथा पाताहरु लगाउने, बाहिर पेटी तथा सिँढीहरुमा तेरिया इट्टा लगाउने, आँगन परिसरमा ढुङ्गाहरु छाप्ने काम गरिएको उहाँले बताउनुभयो । उनले भने, “मन्दिरलाई आकर्षक बनाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित काम गरिएको छ ।” गाउँपालिकाले छिम्केश्वरी माई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ ।
सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ । महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । छिम्केश्वरीमा हाल वार्षिक करिब एक लाख पर्यटक आउने गरेका छन् ।
विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेलगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले बताउनुभयो । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया