म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा बोलेरो जीप दुर्घटना, चौध जना घाइते

म्याग्दी (बेनी)। म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा चौध जना घाइते भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जीप दुर्घटनामा परेर घाइते भएकाहरूको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।
घाइतेमध्ये कुइनेखानीका पूर्ण छन्त्याल, रीता छन्त्याल, नन्दा छन्त्याल र बिना छन्त्याललाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको अस्पतालले जनाएको छ । ओरालो बाटोमा ब्रेक फेल भएर जीप दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र जीपका चालक चन्द्र पुर्जालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
जीप सडकबाट करिब ११० मिटर तल बाँझो बारीमा खसेको थियो । दुर्घटनामा परेकाहरूको स्थानीयवासी, जनप्रतिनिधि र नगर प्रहरी र सुरक्षाकर्मीहरूले उद्धार गरी बेनी अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।









एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
प्रतिक्रिया