गाजामा बन्धक रहेका जीवित २० जनामा छैनन् विपिन

वासिङ्टन( गाजामा बन्धक रहेका सबैलाई सोमबारसम्म मुक्त गरिने योजना बनाइएको छ । जसलाई हमास र इजयलबीच भएको पहिलो चरणको युद्धविराम सम्झौताअन्तर्गत कार्यान्वयन गरिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति यसबारे जानकारी दिएका हुन्।
हमास र त्यसका सहयोगीले इजरायलबाट २५१ जना अपहरण गरी लगेको दुई वर्षभन्दा बढी भइसकेको छ। तीमध्ये अहिले पनि ४७ जना बन्धक गाजामा रहेका छन्, जसमा कम्तीमा २० जना जीवित भएको विश्वास छ। तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन ।
इजरायली सरकारले बाँकी ४८ मध्ये २६ जना मृत घोषित गरेको छ। बाँकी दुईजना तामिर निम्रोडी र नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै निश्चित हुन सकेको छैन। इजरायली सरकारले उनीहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छ।
‘इजरायल सरकारको तर्फबाट विपिनको बारे जुनसुकै अवस्थाको सूचना आउनसक्छ, त्यसका लागि परिवारलाई तयार रहन भन्नुहोला भन्ने खालको खबर आएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
प्रतिक्रिया