गाजामा बन्धक रहेका जीवित २० जनामा छैनन् विपिन

वासिङ्टन( गाजामा बन्धक रहेका सबैलाई सोमबारसम्म मुक्त गरिने योजना बनाइएको छ । जसलाई हमास र इजयलबीच भएको पहिलो चरणको युद्धविराम सम्झौताअन्तर्गत कार्यान्वयन गरिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति यसबारे जानकारी दिएका हुन्।
हमास र त्यसका सहयोगीले इजरायलबाट २५१ जना अपहरण गरी लगेको दुई वर्षभन्दा बढी भइसकेको छ। तीमध्ये अहिले पनि ४७ जना बन्धक गाजामा रहेका छन्, जसमा कम्तीमा २० जना जीवित भएको विश्वास छ। तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन ।
इजरायली सरकारले बाँकी ४८ मध्ये २६ जना मृत घोषित गरेको छ। बाँकी दुईजना तामिर निम्रोडी र नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै निश्चित हुन सकेको छैन। इजरायली सरकारले उनीहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छ।
‘इजरायल सरकारको तर्फबाट विपिनको बारे जुनसुकै अवस्थाको सूचना आउनसक्छ, त्यसका लागि परिवारलाई तयार रहन भन्नुहोला भन्ने खालको खबर आएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया