कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रबर्द्धनका लागि सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीसेलचाफ्ट फर इन्टरनेसनल जुसाममेनारबिट (जीआईजेड)बीच नेपालका लागि दीगो विद्युतीय यातायात परियोजनाअन्तर्गत सहमति (एमओयू)मा हस्ताक्षर भएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकलाई सरल वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात (विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरू)को स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।
यो परियोजना जीआईजेड र ग्लोबल ग्रीन ग्रोथ इस्टिच्युट (जीजीजीआई)द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ । परियोजना मिटिगेसन एक्सन फ्यासलिटी (एमएएफ)को आर्थिक सहयोगमा सञ्चालन भइरहेको बताइएको छ ।
यस कार्यक्रमले करिब तीन हजार ५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउने बताइएको छ ।
यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको बताइएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउने बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया