अभिनेता हमालको ‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ विमोचन

काठमाडौँ । पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन गरिएको छ ।
आज कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा अभिनेता राजेश हमाल, उनकी श्रीमती मधु भट्टराई, लेखक द्वय यज्ञश र बुद्ध सागरले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेकी हुन् ।
उक्त पुस्तकमा जीवनयात्रा, चलचित्र र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका अभिनेता हमालले जानकारी दिए । उनले भने, “मैले बाहिर नभनेका कतिपय विषय पुस्तकमा समेटिएका छन् । यसलाई हामीले सुरु गरेर तीन वर्षमा विमोचन गर्न सफल भएका छौँ । यसमा राजनीति, धर्म, केही मनोविज्ञानका कुरा पनि छन् ।”
अभिनेता हमालले आफ्नो जीवन तथा आफ्नो सोचाइ र विचारलाई निर्धक्कसँग पुस्तकमा राखेको उल्लेख गरे । उनले बसाइँसराइदेखि सरकार र जनताको बीचमा बढ्दै गएको दूरीका विषयमा बनाइएको विचार पनि पुस्तकमा रहेको बताए ।
“मैले यो पुस्तकमा आजसम्म गोप्य राखेका कतिपय विषयहरू पनि समावेश गरेको छु । मैले आफूलाई पूर्णरूपमा प्रश्नकर्तालाई सुम्पेको छु । यसमा चलचित्रसँगै राजनीति र मानवीय जीवनका विविध पक्षलाई मेरो बुझाइसँगै व्यक्त गरेको छु । मेरो परिवारको कुरा पनि यसमा ल्याएको छु”, उनले भने ।
यो पुस्तक पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवन फेरि फर्केर हेरेको र त्यही जीवन पुनः बाचेको जस्तो महसुस भएको अभिनेता हमालले बताए। प्रश्नकर्ता यज्ञशले राखेका सम्पूर्ण जिज्ञासाको जवाफ आफूले दिएको उनले जानकारी दिए।
“मेरो चलचित्र हेर्ने बानी यहाँ काम लाग्यो । मैले जसरी अभिनेता हमाललाई चिनेको थिएँ वा चलचित्रमा हेर्दै आएको थिएँ, त्यसले पुस्तक लेखनका क्रममा सहयोग गरेको छ । मैले राखेका हरेक जिज्ञासालाई उनले जवाफ दिएका छन् । त्यस कारण यहाँ केही छुटेको भन्ने लागेमा त्यो मैले सोच्न नसकेको वा मैले छुटाएको हुनेछु”, लेखक यज्ञशले भने । दुई सय ९३ पृष्ठ लामो उक्त पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया