सोमबार, वैशाख १४, २०८३

नेशनल वायोटेकको दोस्रो वार्षिक साधारण सभा आह्वान

मेरोन्यूज २०८२ असोज २६ गते १८:१०

काठमाडौं । सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। नेशनल वायोटेकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो।

Advertisement
NiccNicc

काठमाडौंको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा सम्पूर्ण शेयरधनीलाई उपस्थित हुन अनुरोध गरिएको सूचनामा उल्लेख छ। आगामी साधारण सभामा साधारण शेयर सर्वसाधारणलाई जारी गर्न विशेष प्रस्ताव गरिने कम्पनीले जनाएको छ।

साधारण शेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग, प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, शेयर जारी गर्न र बैंकिङ कारोबार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिने छ।

उक्त साधारण सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्न, लेखापरीक्षणको प्रतिवेदनसहित चालु आर्थिक वर्षको असाढ मसान्तसम्मको वित्तीय विवरण, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम २०८२/०८३ को लागि लेखा परीक्षक नियुक्तिसहित पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरूमाथि छलफल गरिने छ।

प्रतिक्रिया