लिपमोटर बी १० मार्फत काठमाडौं–पोखरा–काठमाडौं पूर्ण यात्रा एकै चार्जमा सम्पन्न

काठमाडौं । अटोमोटिभ कन्टेन्ट प्लेटफर्म कारहरूले हालै लिपमोटर बी १० को वास्तविक प्रदर्शन र दक्षता परीक्षण गर्न स्वतन्त्र रूपमा एक रेञ्ज टेस्ट सञ्चालन गरेको थियो ।
यस परीक्षण अन्तर्गत टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी, पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने ४५० किलोमिटर दूरी तय भएको थियो । यो सम्पूर्ण यात्रालाई लिपमोटर बी १० ले एकै चार्जमा सफलतापूर्वक पूरा गरेको हो।
यो सफल परीक्षणपछि लिपमोटर १० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालको विविध सडक अवस्थामा पनि विश्वसनीय प्रदर्शनको क्षमतालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
यस उपलब्धीले लिपमोटरको लामो दूरीको यात्रामा व्यवहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काउने कम्पनीकाे भनाइ छ ।











फागुन २१ गतेकाे चुनावमा राप्रपाले सक्रिय रुपमा भाग लिन्छ : अध्यक्ष लिङ्देन
कञ्चनपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
Yamaha Enters Nepal’s Biggest Pop-Culture Festival as Co-Sponsor
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
सञ्चारमन्त्री खरेलले गरे पोखराका विभिन्न कार्यालयको निरीक्षण
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया