लिपमोटर बी १० मार्फत काठमाडौं–पोखरा–काठमाडौं पूर्ण यात्रा एकै चार्जमा सम्पन्न

काठमाडौं । अटोमोटिभ कन्टेन्ट प्लेटफर्म कारहरूले हालै लिपमोटर बी १० को वास्तविक प्रदर्शन र दक्षता परीक्षण गर्न स्वतन्त्र रूपमा एक रेञ्ज टेस्ट सञ्चालन गरेको थियो ।
यस परीक्षण अन्तर्गत टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी, पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने ४५० किलोमिटर दूरी तय भएको थियो । यो सम्पूर्ण यात्रालाई लिपमोटर बी १० ले एकै चार्जमा सफलतापूर्वक पूरा गरेको हो।
यो सफल परीक्षणपछि लिपमोटर १० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालको विविध सडक अवस्थामा पनि विश्वसनीय प्रदर्शनको क्षमतालाई प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
यस उपलब्धीले लिपमोटरको लामो दूरीको यात्रामा व्यवहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काउने कम्पनीकाे भनाइ छ ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया