महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौँ । भारतमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ ।
भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एउटा मैत्रीपूर्ण खेल समेत खेल्नेछ ।
त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले यही कात्तिक ७ गते इरानसँग पहिलो खेल खेल्नेछ । त्यसै गरी कात्तिक १० गते नेपालले भारतसँग प्रतियोगिताको दोस्रो खेल खेल्नेछ । दुवै खेल सकिएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
उक्त प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेकी प्रीति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल आएका थिए ।
नेपाली टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ छन् । टोलीको प्रशिक्षकमा नवीन न्यौपाने रहेका छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया