महिला फुटबल टोली भारत प्रस्थान

काठमाडौँ । भारतमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ ।
भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एउटा मैत्रीपूर्ण खेल समेत खेल्नेछ ।
त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले यही कात्तिक ७ गते इरानसँग पहिलो खेल खेल्नेछ । त्यसै गरी कात्तिक १० गते नेपालले भारतसँग प्रतियोगिताको दोस्रो खेल खेल्नेछ । दुवै खेल सकिएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
उक्त प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेकी प्रीति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल आएका थिए ।
नेपाली टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ छन् । टोलीको प्रशिक्षकमा नवीन न्यौपाने रहेका छन् ।










निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया