चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी। जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक होमबहादुर थापाले जानकारी दिए ।
गलकोट–६ बसाहफाँटमा सञ्चालन हुने चारवटै विधाका प्रतियोगितामा अहिलेसम्म ५१ समूह सहभागी हुने निश्चित भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार भेट्रान्स कपका लागि १६, खुला वडास्तरीय पुरुष भलिबलमा १२, माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबलमा १६ र खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा सात समूह सहभागी हुनेछन् ।
खुला प्रतियोगिता भएकाले जुनसुकै जिल्लाका पालिका र वडाका समूहले सहभागिता जनाउन सक्ने अध्यक्ष थापाले बताउनुभयो । प्रतियोगिताको खुला पुरुषतर्फको खेलका विजेताले ट्रफी र मेडलसहित रु दुई लाख एक हजार १११, उपविजेताले रु एक लाख एक हजार १११ र तेस्रो हुनेले रु ५१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् । भेट्रान्स कप भलिबको विजेताले ट्रफी र मेडलसहित रु एक लाख, उपविजेताले रु ६० हजार र तेस्रो स्थान हासिल गर्नेले रु ३५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताका विजेताले ट्रफी र मेडसहित रु ५१ हजार १११, उपविजेताले रु ३० हजार १११ र तृतियले रु १५ हजार १११ प्राप्त गर्नेछन् ।
माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ट्रफी र मेडलसहित रु ३५ हजार, उपविजेतालाई रु २० हजार र तृतीयलाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताउनुभयो । उक्त अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको उहाँको भनाइ छ । सामूहिक लोकनृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुला डबल ब्याडमिन्टन प्रतियोगिता, आमासमूहस्तरीय पञ्चेबाजामा नृत्य प्रतियोगिता र माछा छोप्ने प्रतियोगिता आयोजना गरिएको छ ।
सामूहिक लोकनृत्य प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः रु २५ हजार, रु १५ हजार र रु सात हजार राखिएको छ । एकल नृत्यतर्फ रु १५ हजार, रु १० हजार र रु सात हजार राखिएको छ । डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजार र दोस्रो हुनेलाई रु २० हजार प्रदान गरिनेछ ।
पञ्चेबाजामा हुने नृत्यमा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु पाँच हजार र तेस्रो हुनेलाई रु दुई हजार ५०० पुरस्कारको व्यवस्था गरिएको छ । स्थानीय दरमखोलामा हुने माछा छोप्ने (हत्केला खेल्ने) प्रतियोगिताका विजेतालाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताए । कार्यक्रम अवधिभर विभिन्न विधाका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उनले उल्लेख गरे ।

















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
वैदेशिक व्यापार : ७ महिनामा साढे ९ खर्ब घाटा
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
प्रतिक्रिया