आइतबार, पुष १३, २०८२

काङ्ग्रेस नेत्री जोन्छेको निधन

मेरोन्यूज २०८२ कार्तिक १८ गते १२:३७

भक्तपुर । नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं वाग्मती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेको ७७ वर्षको उमेरमा निधन भएको छ । सहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली काङ्ग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगात नेताले पार्टीको झण्डा ओढएर श्रदाञ्जली अर्पण गरेका छन् ।

आजै भक्तपुरको हनुमान्घाटमा उनको अन्त्येष्टि गरिने छ । उनका तीन छोरा छन् ।

प्रतिक्रिया