जाडो याम सुरु नहुँदै यशोधराका पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

भोजपुर, २३ कात्तिक : भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने समस्या देखिँदै आएकामा पोशाक वितरणले सहयोग पुगेको उहाँको भनाइ छ । सेवक अभियान धरानले विभिन्न दुर्गम विद्यालयमा पुगेर लत्ताकपडा, शैक्षिक सामग्री र सरसफाइ सामग्री वितरण गर्ने गर्दै आएको जनाएको छ । न्यानो कपडा तथा शैक्षिक सामग्री पाएसँगै विद्यार्थी खुसी भएका छन् । –––













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया