झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ ।
झापाको शिवसताक्षीस्थित दुधे रङ्गशलामा दिउँसाे १ बजे हुने प्रतियोगितामा दुवै टोली पहिलो उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।सेमिफाइलनमा त्रिभुवन आर्मीलाई हराएर एपीएफ फाइनलमा पुगेको हो भने पुलिसले संकटालाई पराजित गरेको थियो ।
आठ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र धेरै गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।











गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया