उपल्लो डोल्पामा हिउँमा फसेका पाँच प्रहरीको हेलिकप्टरबाट उद्धार

काँक्रेविहार (सुर्खेत)। उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
आज डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट उद्धार गरिएको हो । उद्धार हुनेमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणिराज जोशी, प्रहरी हवल्दार जनकबहादुर कार्की, प्रहरी जवान नवराज भट्ट र प्रहरी जवान नरेन्द्र भट्ट रहेका छन् । उद्धार गरिएका पाँचै जना शे–फोक्सुन्डो गाउँपालिका–१ निजालगुम्बास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।
नाम्दोबाट धो हुँदै दुनै पुग्ने भनेर हिँडेको करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसोले हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै झारेर सामान्य जाँचपछि थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले उनले बताए ।

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया