सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तररास्ट्रिय क्रिकेट रङ्गशालामा भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।
यससँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्नेछ । आज दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रेका छन् । यसअघि भएको पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत बनेको सुदूरपश्चिमको यो पहिलो खेल हो ।
काठमाडौँका लागि केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल खेल्दैछन् ।
सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन र ध्रुव प्रासर मैदानमा उत्रेका छन् ।
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया