काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा कमजोर ब्याटिङ गरेको काठमाडौं गुखार्जले विराटनगर किङ्ग्सलाई १३५ रनको सहज लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन जोडेको हो ।पाँचौ विकेट गुमेपपछि १२ ओभरको अन्तिम बलमा ब्याटिङमा आएका मोहम्मद आदिल आलमले काठमाडौंका लागि सर्वाधिक ४८ रन बनाए । उनले २५ बलमा चार चौका र २ छक्का प्रहार गरे ।
आदिल ब्याटिङमा जानुअघि काठमाडौं पाँच विकेटको क्षतिमा ५६ रनको अवस्थामा थियो ।सन्तोष यादवले २४ बलमा २६ रन जोडे । काठमाडौंको ब्याटिङ उकास्न उनको ब्याटिङ पनि महत्त्वपूर्ण रह्यो । दोस्रो सर्वाधिक रन ओपनर बेन चार्ल्सवर्थले जोडे । उनले ३३ बलमा १ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।
बेनलाई विराटनगरका शुभम रञ्जनेले नरेन भट्टमार्फत् क्याच आउट गराएका हुन् । ओपनर आकश त्रिपाठीले रनको खाता नखोली पहिलो ओभरको पाँचौ बलमा आउट भए ।
रिकार्डो भास्कोन्सेलोस र प्रतीक श्रेष्ठ जस्ता सुरुवाती क्रमका ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ मर्चेन्ट डे लाङ्गेले ओपनर त्रिपाठी र ब्याटर प्रतीक श्रेष्ठलाई आउट गराए । उनले चार ओभर बलिङ गर्दा १७ रन दिए ।
सूर्य तामाङले काठमाडौंका अर्का महत्वपूर्ण ब्याटर गेरहार्ड इरास्मस विकेट लिए ।
सन्दीप लामिछानेले एक विकेट लिए । चार ओभर बलिङ गरेका प्रतीस जीसी खर्चिलो बलर सावित भए । उनले ३७ रन खर्चिए ।

















हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया