सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बी म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो ।
१४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन र्सारफले सर्वाधिक २७ र मार्क वाटले १७ रन बनाए । २९ रनमा ४ विकेट गुमाएको कर्णालीका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
तर लगातार विकेट जाँदा कर्णाली कमजोर देखियो । कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मीत सिंहले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर २ विकेट लिए । अविनाश बोहराले पनि २ विकेट लिए । स्कट कुगेलेइनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र दिएर १ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।












Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया