हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै

काठमाडौँ । इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तालिका पाएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।
आज बिहान १०:०० बजे एउटा र ११:०० बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू उक्त ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए ।
उनले भने, “ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवाँका कारण कतार एयरलाइन्सका दुई वटा वाइडबडी जहाज उडेका छैनन् । अहिले नेपालमै रोकिएका छन् । राति २:०० बजेसम्म उड्न सक्ने खबर छ । ज्वालामुखी विस्फोटको प्रभाव नेपालको अन्य हवाई उडानमा परेको छैन ।”
यसैगरी उक्त ज्वालामुखी विस्फोटका कारण कोरिया एयरलाइन्सको जहाज पनि आज नेपाल आउन नसकेको र भोलि बुधबार साँझ मात्रै नेपाल आउने खबर प्राप्त भएको महाप्रबन्धक पाण्डेले बताए ।
कतार एयरलाइन्सको काठमाडौँ–दोहा एवं दोहा–काठमाडौँको उडान तालिकामा असर पर्दा सयौँ यात्रुहरू मारमा परेका छन् । हाल सयौँ यात्रुहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रु कक्षमा रहेका छन् ।










मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया