प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
मेरोन्यूज
२०८२ मंसिर १० गते २०:५४

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छन्। जेनजी युवाहरूको मागअनुसार सचिवालय कटौती गरिएको जनाइएको छ।
हाल २० जना रहेकोमा अब ६ सदस्यीय मात्र बनाउने गरी कटौतीको निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।अब प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहने छन्। ६ जनाबाहेक बाँकी सबै पदको नियुक्ति मंसिर ११ गतेदेखि लागु हुनेगरी खारेज गरेको कार्यालयले जनाएको छ।

सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया