आइतबार, पुष ६, २०८२

दाङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद, पुनः चयनको माग

मेरोन्यूज २०८२ मंसिर १३ गते ७:४६

काठमाडौं– दाङमा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद उठेको छ ।

महाधिवेशन प्रतिनिधि उम्मेदवार सुरेश गौतमले सार्वजनिक विज्ञप्ति जारी गर्दै जिल्लामा गरिएको प्रतिनिधि चयनलाई विधि, विधान र केन्द्रीय निर्देशनविपरीत भएको भन्दै खारेज गर्न माग गरेका छन् ।गौतमका अनुसार दाङमा प्रतिनिधि छनोट मनपरी ढंगले गरिएको छ । निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन र अन्य अनिवार्य प्रक्रियाहरू बेवास्ता गरेर एकलौटी शैलीमा नाम टुङ्ग्याइएको आरोप छ । उनले यसलाई पार्टीको लोकतान्त्रिक अभ्यास माथिको प्रत्यक्ष प्रहार भनेका छन्।

विवादको मुख्य केन्द्रमा महासचिव शंकर पोखरेलको नामसमेत जोडिएको छ । जिल्ला नेतृत्वले प्रतिनिधि छनोट महासचिवको निर्देशनमा गरिएको दाबी गरिरहेको भन्दै गौतमले यो सत्य भए विधानकै धज्जी उडाइने गम्भीर विषय हुने बताएका छन् ।महासचिवको नाम दुरुपयोग गरेर स्वेच्छाचारिता वैध ठहर्‍याउने प्रयास अस्वीकार्य भएको उनको भनाइ छ ।

गौतमले चार प्रमुख त्रुटि उठाएका छन्–
१) निर्वाचन प्रक्रिया नै सुरु नगरी प्रतिनिधि घोषणा ।
२) महासचिवको नाम जोडेर मनपरी निर्णय ।
३) विधान र नियमावलीको स्पष्ट उल्लङ्घन ।
४) हजारौँ सङ्गठित सदस्यको मताधिकार खोसिएको अवस्था ।

प्रतिक्रिया