दोस्रो जितले प्लेअफमा पुग्न मद्दत गर्नेछ : खकुरेल
मेरोन्यूज
२०८२ मंसिर १३ गते १८:५९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार (मंसिर १३)को पहिलो खेलमा लुम्बिनी लायन्सले तीन विकेटले पोखरा एभेन्जर्सलाई हरायो । दोस्रो जित निकालेको लुम्बिनीको चार अंक भएको छ । यो जितले लुम्बिनीको प्लेअफ सम्भावना जीवितै छ ।
जितपछि लुम्बिनीका मेन्टर शुभाष खकुरेलले थपिएको दुई अंकले प्लेअफ पुग्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने, “आजको जितले प्लेअफमा पुग्न मद्दत गर्नेछ । बाँकी रहेका दुई खेल जितेर आगामी यात्रा तय गर्नेछौँ । सुरुका खेलमा केही कमजोरी भए पनि अब ती सबै कमजोरीबाट सिकेर जित निकाल्नुपर्नेछ ।”
उनले खेलमैदानको पिचले ब्याटरलाई मद्दत नगरेको बताउँदै त्यसमा सुधार गर्नुपर्ने धारणा समेत व्यक्त गरे ।
सम्बन्धित













नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया