दोस्रो जितले प्लेअफमा पुग्न मद्दत गर्नेछ : खकुरेल
मेरोन्यूज
२०८२ मंसिर १३ गते १८:५९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार (मंसिर १३)को पहिलो खेलमा लुम्बिनी लायन्सले तीन विकेटले पोखरा एभेन्जर्सलाई हरायो । दोस्रो जित निकालेको लुम्बिनीको चार अंक भएको छ । यो जितले लुम्बिनीको प्लेअफ सम्भावना जीवितै छ ।
जितपछि लुम्बिनीका मेन्टर शुभाष खकुरेलले थपिएको दुई अंकले प्लेअफ पुग्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने, “आजको जितले प्लेअफमा पुग्न मद्दत गर्नेछ । बाँकी रहेका दुई खेल जितेर आगामी यात्रा तय गर्नेछौँ । सुरुका खेलमा केही कमजोरी भए पनि अब ती सबै कमजोरीबाट सिकेर जित निकाल्नुपर्नेछ ।”
उनले खेलमैदानको पिचले ब्याटरलाई मद्दत नगरेको बताउँदै त्यसमा सुधार गर्नुपर्ने धारणा समेत व्यक्त गरे ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया