खैरो हिरोइन र नगदसहित काठमाडौँबाट एकजना पक्राउ
मेरोन्यूज
२०८२ मंसिर १५ गते १५:५८

काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ बाफलमा लागूऔषध बिक्रीवितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौँको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागूऔषध खैरो हिरोइन र रु ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले उनका साथबाट एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया