पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता पक्राउ

काठमाडौँ। पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
एक जना २ लाख धरौटीमा रिहा भएका छन्।आपराधिक उपद्रव तथा डाँका–चोरीसम्बन्धी अभियोगमा अदालतले थुनामा पठाइएका मध्ये एक नाबालक, बिना (विमला) सापकोटा, चीनबहादुर खवास र रास्वपाका वडा सभापति चन्द्रबहादुर रहेका छन्।
उनका भाइ हरिबहादुर थापा भने धरौटीमा छुटेका छन्।जेनजी आन्दोलनको दोस्रो दिन पोखरामा सरकारी तथा निजी संरचनामा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। मेयर आचार्यको घर, गाडी, निजी व्यवसायदेखि वरपिपल रिसोर्ट, बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर, होटलहरू, स्टलहरू, घरहरू र सरकारी कार्यालयहरू लक्षित आक्रमण भए। विभिन्न व्यक्तिले प्रमाणसहित ३० वटा किटानी जाहेरी दिएका छन्।
कास्कीमा हालसम्म ५७ जना पक्राउ परेका छन्, जसमा १४ जना पुर्पक्षमा, १४ जना धरौटीमा र २९ जना अझै अनुसन्धानमा छन्। सरकारी कार्यालयमा मात्र झण्डै २ करोडभन्दा बढी र निजी क्षेत्रमा करिब साढे ३ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको अनुमान छ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया