मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताउनुभयो । मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भनिए पनि आफूले परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको जानकारी दिए ।
“अदालतको फैसलाअनुसार प्रक्रिया हुन्छ र विश्वासको मत मैले नै पाउँछु । एमालेले मधेसमा ज–जसलाई मुख्यमन्त्री बनाएको छ । ती सबै दलले मलाइ सघाउँछन्”, उहाँले दाबी थियो । सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेका थिए । मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
प्रतिक्रिया