टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

काठमाडौँ। काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ । आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू प्लेअफ पुगेको हो । काठमान्डूलाई प्लेअफमा पु¥याउन आजको खेलमा भीम सार्कीले महत्वपूर्ण भूमिका निभाए ।
उनी १९ बलमा नै अर्धशतक हिर्काउँदै छिटो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । सार्कीले ‘प्लेयर अफ दी म्याच’को पुरस्कार पनि जिते । प्लेअफमा पुगेपछि भीमले टोलीको तालमेल मिल्दा जित सहज भएको बताए । सुरुआतका खेलमा तालमेल त्यति राम्रोसँग नमिल्दा जित कठिन भएको उनको भनाइ थियो ।
आज टोलीले योजना बनाए अनुसार नै नतिजा आएको सार्कीले बताए । यस्तै प्रशिक्षक मोन्टी देसाई घरेलु नेपाली खेलाडीबारे राम्रोसँग जानकार रहेकाले त्यसको फाइदा काठमान्डूलाई पुगेको सार्कीले बताए । पोखरा एभेन्जर्सका धनञ्जय लक्षणले ब्याटिङ नचल्दा जित्नैपर्ने खेलमा हार बेहोर्नुपरेको बताए । शीर्ष क्रमका ब्याटरले राम्रो गर्न नसक्दा पराजित हुनु परेको र आगामी खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने उनको भनाइ थियो । –––













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया