जेनजी आन्दोलनमा कार्यालय आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

काठमाडौं । गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका–५ वडा कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोपमा पक्राउ गरी आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजार बस्ने २० वर्षीय सुजन साह, कमलामाई नगरपालिका–८ घर भई हाल कमलामाई–६ अनामनगर बस्ने ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, कमलामाई–५ का ४७ वर्षीय फौद थापा मगर, तीनपाटन गाउँपालिका–४ घर भई हाल कमलामाई–६ स्थित गौतम फर्मा केयरका सञ्चालक ३० वर्षीय सुजन गौतम रहेका छन् ।
यस्तै सर्लाहीको रामनगर गाउँपालिका–६ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २५ वर्षीय पपुकुमार साह, कमलामाई–५ का २७ वर्षीय रबन चौधरी, कमलामाई–१२ का ३९ वर्षीय क्षितिज श्रेष्ठ, भारतको सीतामढी जिल्ला घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २२ वर्षीय देवनन्दन साह, कमलामाई–४ का २४ वर्षीय सविन लामा, कमलामाई–१२ का २३ वर्षीय डोरबहादुर सार्की, महोत्तरीको गौशाला नगरपालिका–२ घर भई हाल सिन्धुलीको कमलामाई–५ मा बस्ने राजु महरा, सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का २५ वर्षीय होमबहादुर लुङ्गेली, कमलामाई–८ का ३४ वर्षीय ओमबहादुर खत्री, कमलामाई–८ कै ३० वर्षीय कमल पाख्रिन र महोत्तरीको बर्दिबास नगरपालिका–१४ घर भई हाल कमलामाई–६ बस्ने ३५ वर्षीय हरिचन सोनारलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।









जेनजी आन्दोलनमा कार्यालय आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता जारी
जिल्ला प्रशासनमा जेनजी शहीदको नाम राख्न गृहको निर्देशन
सुडानको कालोगी क्षेत्रमा आक्रमण, बालबालिकासहित ११४ जनाको मृत्यु
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
प्रतिक्रिया