हुम्लाका २५ मतदानस्थल अति संवेदनशील

सिमकोट, (हुम्ला)। हुम्लाका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति संवेदनशील ठहर गरिएको छ । जिल्लामा ६० मतदानस्थल र ६१ मतदानकेन्द्र कायम गरिएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० मतदानस्थलमध्ये २७ वटा भौगोलिक विकटता र राजनीतिक विवाद हुने ठहर गर्दै अति संवेदनशील मतदानस्थलका रुपमा ठहर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताए ।
समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र १० सामान्य छन् । जिल्ला सुरक्षा समितिको बैठकले निर्धारण गरेअनुसार अदानचुली गाउँपालिकामा छ मतदानस्थल रहेकामा एक मतदान केन्द्र अतिसंवेदनशील छ भने पाँच वटा संवेदनशील छन् ।
आठ मतदानस्थल रहेको चंखेली गाउँपालिकामा पाँच अति संवेदनशील र तीन संवेदनशील छन् । सात मतदानस्थल रहेको ताँजाकोट गाउँपालिकामा पाँच वटा अतिसंवेदनशील र दुई मतदानस्थल संवेदनशील छन् ।
त्यसैगरी १२ मतदानस्थल रहेको सर्केगार्ड गाउँपालिकामा पाँच अति संवेदनशील, चार संवेदनशील र तीन सामान्य छन् । पाँच मतदानस्थल रहेको खार्पुनाथ गाउँपालिकामा दुई अतिसंवेदनशील, दुई संवेदनशील र एउटा सामान्य छ । यस्तै एघार मतदानस्थल रहेको नाम्खा गाउँपालिकामा पाँच अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य अवस्थाका मतदानस्थल निर्धारण गरिएको छ ।
सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा नौ मतदानस्थल रहेकामा चार अतिसंवेदनशील, दुई संवेदनशील र तीन सामान्य छन् । मुख्यगरी भौगोलिक विकटता र राजनीतिक विवादलाई आधार मानेर मतदानस्थलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले बताए ।
यसरी निर्धारण गरिएका मतदानस्थलअनुसार सुरक्षा व्यवस्थासमेत निर्वाचनका बेला गरिनेछ । नाम्खा र चङ्खेली गाउँपालिकामा नयाँ मतदानस्थल थपिएका हुन् । मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ छ । यसअघि २०७९ सालको निर्वाचनमा ५८ मतदानस्थल कायम गरिएका थिए ।









हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
गोँगबु बसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
प्रतिक्रिया