शनिबार, मंसिर २७, २०८२

सञ्चारमन्त्री खरेलले भेटे शहीद रजकका परिवार

मेरोन्यूज २०८२ मंसिर २७ गते १७:५९

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन्।

सञ्चारमन्त्री खरेलले शनिवार पत्रकार रजकका परिवारलाई भेटेका हुन्।

प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाको चाहानमा रजकलाई शहीद घोषणा गरिएको उनले बताए।शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको र सबैले सधैँ सम्झिरहने उल्लेख गरे।

पत्रकारको कार्यस्थलमा मृत्यु हुने अवस्था सिर्जना हुनु दुःखद भएको र आगामी दिनमा यस्ता घटना हुन नदिनेमा राज्य सतर्क रहेको पनि उनले बताए।

प्रतिक्रिया