मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ, ५ पुसः उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ ।
हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत (नेपाल–चीन) संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् ।
यहाँ स्थित (नेपाल–चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
उनका अनुसार हिउँदयामका समयमा सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण, अवैध चोरी निकासी, अवैध चोरीसिकारी, सीमा क्षेत्रको शान्तिसुरक्षा र सीमाक्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले (नेपाल–चीन) संयुक्त निगरानी गस्ती गरिएको र यो हिउँदयामभरी नियमित रहने जनाइएको छ ।
कोरलास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र कोरलास्थित चिनियाँ सुरक्षा अधिकारीको संयुक्त टोलीले यहाँको नेपाल–चीन चार वटा सीमास्तम्भको संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) नेचुङका इञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले उल्लेख गरे ।
कोरला सीमा क्षेत्रको शान्तिसुरक्षा र निगरानी बढाउन बिओपी इञ्चार्ज भण्डारीको कमाण्डमा १० जना र चीनतर्फ क्याप्टेन गेसाङ डुन्ड्रबको कमाण्डमा पाँच गरी १५ जनाको संयुक्त सुरक्षा टोली खटिएको बिओपी नेचुङले जनाएको छ । हिउँदयामको मौसममा नेपाल–चीनतर्फ पर्ने सबै सीमास्तम्भको नियमित संयुक्त सुरक्षा गस्ती गरिने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
हिउँदयामको मौसममा कोरला नाका तथा अन्य सीमास्तम्भमा कोही नभएको मौका छोपी लुकीछिपी अवैध क्रियाकलाप हुनसक्ने अवस्था रहेकाले निगरानीका लागि सीमा गस्ती गर्नुपरेको जनाइएको छ । कोरलास्थित मुस्ताङ र चीनतर्फ सीमा जोडिएका सीमास्तम्भमा पुगेर नेपाल–चीनका संयुक्त सुरक्षा अधिकारीले नियमित गस्ती गरेका छन् ।
यहाँ चीनसँग सीमाना जोडिएका डोल्पातर्फ १८ देखि २३ र मनाङतर्फ २५ देखि ३३ नं सीमा स्तम्भ पर्दछन् । नेपाल–चीन २४ नं सीमा क्षेत्र ट्रान्जिट प्वाइन्ट एवं दशगजा क्षेत्र हो । यसअघि गत आइतबार अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीले सेताम्मे हिउँमा २५ देखि २८ नं सम्मको सीमास्तम्भमा पुगेर संयुक्त सुरक्षा गस्ती गरेका थिए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया